२०८२ असार १ आइतबार

राशिफल

सर्लाहीमा सडकका संरचना हटाउन सुरू

काठमाडौं : सर्लाहीको लालबन्दी नगरपालिकाले सडकको दायाँबायाँ ७५ फिट क्षेत्र खाली गर्न ७ दिने सूचनाको अवधि सोमबार नै सकिएको छ ।

नगरपालिकाले अवधि सकिएपछि कार्यान्वयन गर्न मंगलबारबाट ७५ फिट क्षेत्र खाली गर्न सुरू गरेको हो । नगरपालिकाले स्वच्छ, सुन्दर र समुन्नत लालबन्दी नगर सड निर्माण हाम्रो अभियान नारासहित संरचन हटाउन सुरू गरेको छ । ठेलागाडीदेखि ठूला महलसम्मका सम्पूर्ण व्यापारीहरूको मागलाई सम्बोधन गर्दै सुन्दर र समुन्नत नगरनिर्माण अभियानमा साथ दिन लालबन्दी नगरपालीकाका नगर प्रमुख बासुदेव अधिकारिले आग्रह समेत र्गनुभएको छ ।

सडकमा रहेका स्टल, पसल, ठेलागाडा, ई–रिक्सा, अटो र म्याजिक लगायतलाई नगरपालिकाले सडकको दायाँबायाँ ७५ फिट खाली गर्ने अभियानमा सहयोग गर्न र सोही संरचनाहरू सडकमा नराख्न समेत नगरप्रमुख अधिकारिले आग्रह गर्नुभएको छ ।

सडकमा त्यस्ता फुटपाथ पसल, ठेलागाडा, स्टल, सवारी साधन र निर्माण सामग्री समेत राख्दा सडकको अवस्था कुरुप बन्दै गएको उहाँको तर्क छ । नगरपालिकाले बजारको सुन्दरतामा समेत कमी आएको र दुर्घटनाको जोखिम बढेको भन्दै यस्ता संरचना हटाउन लागेको हो । नगरपालिकाले जारी गरेको सूचना सोमबार सकिएको छ । सोमबारसम्म धेरै संरचाण नहटाइएपछि मंगलबारबाट डोजर लगाएरै नगरपालीकाले काम सुरू गरेको छ ।

यसरी डोजर लगाएर संरचना भत्काउँदा स्थानीय तथा प्रहरीको तथा जनप्रतिनीधिको संयुक्त टोलीले काम गरिरहेको छ ।