२०८२ असार १२ बिहीबार

राशिफल

परराष्ट्रमन्त्री खड्का र चिनियाँ नेता लीबीच भेटवार्ता

काठमाण्डाै : परराष्ट्रमन्त्री डाक्टर नारायण खड्कासँग चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चान्सुले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

आज मङ्गलवार दिउँसाे भएकाे भेटवार्तामा नेपाल र चीन दुवै देशका अन्य विशिष्ट कर्मचारीसहितको प्रतिनिधिमण्डल सहभागी थियो । खड्का र चान्सुले आपसी हितका विषयमा छलफल गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

परराष्ट्रमन्त्री खड्काले नेपाल–चीन नाकामा देखिएका समस्या समाधानतर्फ पनि चिनियाँ जनकंग्रेसका अध्यक्ष चान्सुको ध्यानाकर्षण गराउनुभएको थियो ।

सोमवार नेपाल भ्रमणमा आउनुभएका अध्यक्ष लीले राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, नेकपाएमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पनि भेटवार्ता गर्नुभएको थियो ।