काठमाडौं : सुनसरी प्रहरीले एकैदिन ६१ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यलय सुनसरीबाट खटिएको टोलीले मंगलबार एकै दिन ६१ जना फरार प्रतिवादीहरु पक्राउ गरेको प्रहरी उपरीक्षक प्रभुप्रसाद ढकालले जानकारी दिए ।
पक्राउ परेकाहरु अदालतबाट विभिन्न मुद्दामा कैद तथा जरिवाना तोकिएका प्रतिवादीहरु रहेको प्रहरी उपरीक्षक ढकालले बताए । पक्राउ परेका सबैलाई आजै अदालतसमक्ष बुझाइएको छ ।
चालु आर्थिक वर्ष २०७९/८० को दुई महिनाको अवधिमा अदालतबाट कैद तथा जरिवाना तोकेका १ सय ३० जना फरार प्रतिवादीहरु पक्राउ गरी उनीहरुबाट २६ वर्ष ८ महिना ३ दिन कैद र ४ लाख २० हजार ३४ रुपैया जरिवाना असुल्न सफल भएको सुनसरी प्रहरी प्रमुख ढकालले जानकारी दिए ।
यो खबर इ.कान्तिपूरबाट साभार गरिएको हो ।
तपाइँको प्रतिक्रीया