२०८२ असार ११ बुधबार

राशिफल

हेटौँडामा ३ सय जनाको आँखा अप्रेशन गर्दै सन्दुक रुइत

काठमाडौं : मकवानपुरसहित विभिन्न जिल्लामा गरिएका आँखा जाँच शिविरबाट अप्रेशन गर्नुपर्ने बिरामी हेटौँडा सामुदायिक आँखा अस्पतालमा रिफर भएका छन् । झन्डै तीन सय जनाकाे आँखाकाे अप्रेशन गर्नका लागि डाक्टर सन्दुक रुइत हेटौँडामा हुनुहुन्छ ।

बिहानैदेखि बेलुकासम्म विभिन्न जिल्लाबाट आएका बिरामीका आँखाकाे अप्रेशन गरेर उहाँको दिन बित्ने गरेको छ । हरेक वर्ष उहाँ हेटौँडा सामुदायिक आँखा अस्पतालमा अप्रेशनका लागि आउने गर्नुभएको छ । शिविरमा आँखा जाँचका क्रममा मोतियाविन्दु लगायतका समस्या भएका बिरामीलाई हेटौँडा सामुदायिक आँखा अस्पतालमा ल्याएर अप्रेशन गर्ने गरिएको अस्पतालका म्यानेजर सुधिर श्रेष्ठले बताउनुभयो । विभिन्न जिल्लाका ठाउँ–ठाउँमा गरिएका निःशुल्क आँखा शिविरमा जटिल समस्या देखिएका बिरामीलाई यहाँ अप्रेशनका लागि ल्याइएको उहाँले बताउनुभयो ।

यस्ता बिरामीको डाक्टर रुइतले निरन्तर अप्रेशन गरिरहनुभएको छ । अस्पतालमा आँखामा देखिएका समस्या लिएर आएका बिरामीको भिड लागेको हो ।

यसैगरी आजै बाग्मती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेल, हेटौँडा उपमहानगरपालिकाका निवर्तमान मेयर हरिबहादुर महत, जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक वामदेव गौतम लगायतले डाक्टर रुइतसँग आँखा जाँच गराउनुभएको छ ।

ujyallo