२०८२ असार १२ बिहीबार

राशिफल

अमेरिकाले रुसी विदेशमन्त्री लाभराेभलाई भिसा दियाे

काठमाडौ : अमेरिकाले संयुक्त राष्ट्र सङ्घको ७७ औँ महासभामा सहभागी हुनका लागि रुसलाई भिसा दिएको छ । रुसी विदेश मन्त्री सेर्गेई लाभरोभ र रुसी प्रतिनिधिमण्डलका सदस्यहरूलाई संयुक्त राष्ट्र सङ्घको महासभामा सहभागी हुनका लागि भिसा दिइएको रुसी विदेश मन्त्रालयलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ ।

अमेरिकाको न्युयोर्कमा सुरु ७७ औँ सम्मेलनमा सहभागी हुन नदिएको भन्दै रुसले अमेरिकाको आलोचना गर्दै आएको थियो । भिसा दिन ढिलाइ गरेर अमेरिकाले रुसको सहभागिता रोक्न खोजेको मस्कोले आरोप लगाएको छ ।

संयुक्त राष्ट्र सङ्घको महासभा हरेक वर्ष सेप्टेम्बर १३ तारिखदेखि २७ सम्म हुने गरेको छ ।