२०८२ जेठ २३ बिहीबार

राशिफल

रुस र चीनका राष्ट्रपतिबीच भेटवार्ता हुने

काठमाडौं  :  रुस र चीनका राष्ट्रपतिबीच भेटवार्ता हुने भएको छ । उज्वेकिस्तानमा हुने प्रमुख क्षेत्रीय शिखर सम्मेलनको अवसरमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच भेट हुन लागेको हो ।

चिनियाँ राष्ट्रपति सीले सन् २०२० को सुरुवातमा कोरोना भाइरस महामारी सुरु भएयता आफ्नो पहिलो विदेश भ्रमणमा रुसका राष्ट्रपति पुटिनलाई भेट्ने तयारी गरिएको बीबीसीले जनाएको छ ।

भेटमा रुस–युक्रेन युद्ध र ताइवान मामिलाबारे पनि छलफल हुने अनुमान गरिएको छ ।