२०८२ असार १२ बिहीबार

राशिफल

असोज १ गते ओली हिडेरै बसन्तपुर जाने

काठमाडौं  : नेकपा एमालेले संविधान दिवसको अवसर पारेर असोज १ गते वाकथन नामक प्रातःकालीन पैदल भ्रमण आयोजना गर्ने भएको छ ।

संविधान दिवस असोज ३ गते पर्ने भए पनि निर्वाचन आयोगसँग सम्बन्धित अभियानहरुमा सहभागी हुनुपर्ने भएकाले एमालेले दुई दिन अगावै मर्निङ वाक कार्यक्रम राखेको हो ।

अरु बेलाका कार्यक्रमजस्तो झन्डा, ब्यानर नलगी विशुद्ध मर्निङ वाककै रुपमा काठमाडौंका पाँच ठाउँबाट पैदलै वसन्तपुर डबली जाने कार्यक्रम रहेको एमाले नेता विष्णु रिजालले बताए ।

रिजालका अनुसार एमाले अध्यक्ष ओलीले नयाँ बानेश्वरबाट पैदल हिँड्नेछन् । संविधान निर्माणका बेला कांग्रेस नेतृत्वको सरकार रहे पनि देशी–विदेशी चुनौती सामना गर्दै निर्णायक पहल एमालेले लिएको विगत सम्झना गर्दै ओली आफैं पैदल हिँड्न लागेको उनले बताए ।

असोज १ गते बिहान ६ः४५ बजे बाट मर्निङ वाक सुरु गर्ने भन्दै एमालेले शुभेच्छुक, सर्वसाधारणलाई पनि सहभागी हुन अपिल गरेको छ ।