२०८२ असार १२ बिहीबार

राशिफल

लीद्वारा भक्तपुर दरबार स्क्वायरको अवलोकन, काठमाण्डौका सडक अस्तव्यस्त

काठमाण्डाै : नेपाल भ्रमणमा रहेका चिनियाँ राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली चान्सुसहितको टोलीले भक्तपुर दरबार स्क्वायरको अवलोकन गरेको छ । ली चान्सुको स्वागतमा भक्तपुरमा विभिन्न झाँकी पनि प्रस्तुत गरिएको थियो ।

लीको भ्रमणका कारण बिहान ९ बजेदेखि नै काठमाण्डौ उपत्यकामा गाडीको आवागमन प्रभावित भएको छ । अहिले उपत्यकाका मुख्यमुख्य सबै चोकमा लामो जाम छ ।

बिहान रविभवन, सोल्टी होटल, कालीमाटी, त्रिपुरेश्वर, थापाथली, माइतीघर मण्डला, नयाँ बानेश्वर, तीनकुने, कोटेश्वर, जडीबुटी, लोकन्थली, राधेराधे, सल्लाघारी, सैनिक आवासीय विद्यालय, कालोपाटी व्यासीलगायत क्षेत्रमा गाडीको आवागमन रोकिएको थियो । यी सबै क्षेत्रमा अहिले ट्राफिक व्यवस्थापन अस्तव्यस्त छ ।