काठमाडौं : वैज्ञानिक गरिरहेछन् व्यवहारबारे अनुसन्धान
अष्ट्रेलियामा सन् १९३६ पछि पहिलो पटक कुनै कंगारुको हमलाबाट मानिसको मृत्यु भएको छ । पश्चिमी अष्ट्रेलियाको एक राज्यमा कंगारुले मानिसमाथि यति भयानक हमला गर्यो कि ती व्यक्ति नराम्रोसँग घाइते भए । पछि उनको उपचारको क्रममा मृत्यु भयो । यसअघि सन् १९३६ मा ३८ वर्षीय विलियम क्रिकशेन्कको मृत्यु कंगारुको हमलाका कारण भएको थियो । उनको टाउकोमा गम्भीर चोट लागेको थियो । यसपटक मृत्यु भएका व्यक्ति ७७ वर्षका वृद्ध हुन् ।
वृद्धलाई गम्भीर चोटसहित पर्थबाट दक्षिण–पूर्वतर्फ ४०० किलोमिटर टाढा रेडमन्डस्थित आफन्तको घरमा पाइए । प्रहरीका अनुसार ती वृद्धले सायद कंगारुलाई पालेर राखेका थिए । यद्यपि, अष्ट्रेलियाका जीव विशेषगरी कंगारुलाई घरमा राख्न गैर–कानुनी हो । जब अष्ट्रेलियाको आपतकालीन सेवा वृद्धको घरमा पुग्यो तब भाले कंगारुले प्यारामेडिक्सलाई उपचार गर्नबाट पनि रोक्यो । हमला गर्ने प्रयास पनि गर्यो ।
तपाइँको प्रतिक्रीया