२०८२ असार १ आइतबार

राशिफल

भारतको उत्तर प्रदेश पुर्याइएका १६ नेपाली बालकको उद्धार

काठमाण्डौ  :  जोखिमपूर्ण रुपमा भारतको उत्तर प्रदेश पुर्याइएका १६ नेपाली बालकको उद्धार गरिएको छ ।

भारतको गोण्डा र सिद्धार्थनगरमा रहेको बालगृहबाट उनीहरुलाई शान्ति पुनःस्थापना गृह नेपाल र देहरादुनमा रहेको हेल्प क्रस संस्थाको समन्वयमा हिजो उद्धार गरी नेपाल ल्याइएको नेपालगञ्जमा रहेको शान्ति पुनःस्थापना गृहका क्षेत्रीय संयोजक भूमि भट्टराईले जानकारी दिए ।

उनका अनुसार रुपन्देहीको भित्री नाका हुँदै जोखिमपूर्ण रुपमा भारत पुर्याइएका ती बालकलाई १० दिनअघि शान्ति पुनःस्थापना गृह नेपाललाई प्राप्त सूचनाको आधारमा भारतको गोरखपुरमा रहेको रेलवे स्टेशनबाट भारतीय सुरक्षाकर्मीले नियन्त्रणमा लिएको थियो ।