२०८२ जेठ २३ बिहीबार

राशिफल

बङ्गलादेशले दिएको सहयोग पाकिस्तानले गर्यो अस्वीकार

काठमाडौं  :  बाढीरपहिरोबाट प्रभावित पाकिस्तानले बङ्गलादेशले दिएको सहयोगलाई अस्वीकार गरेको छ ।

बाढी पहिरोका कारण आर्थिक तथा उपभोग्य सामग्रीको अभाव भइरहेको पाकिस्तानलाई बङ्गलादेशले १ करोड ४० लाख टाका सहयोग रकम दिने प्रस्ताव गरेको थियो ।

छिमेकी देशको हैसियतले मानवीय सहयोग गर्न लागेको बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनाले घोषणा गर्नुभएको थियो । तर पाकिस्तानले सहयोग स्वीकार नगर्ने जवाफ दिएको समाचार संस्था एएनआईले जनाएको छ । यस्तो सहयोग लिँदा विश्व समुदायमा आफ्नो देशको छविमा नकारात्मक असर पर्ने पाकिस्तानको भनाइ छ ।

सन् १९७१ मा पाकिस्तानबाट छुट्टिएर नयाँ देश बनेको बङ्गलादेशले विगतमा नमिठा सम्बन्ध र घटना भए पनि सङ्कट परेका बेला एकले अर्कोलाई सहयोग गर्नुपर्ने ठानेर पाकिस्तानलाई सहयोग गर्ने निर्णय गरेको थियो।

यसअघि नेपालले पाकिस्तानलाई २ करोड रुपैयाँ बराबरको मानवीय सहायता उपलब्ध गराएको थियो ।