२०८२ असार १२ बिहीबार

राशिफल

टुकुचा खोला खोजेर साहसिक काम गरेको भन्दै मेयर र उपमेयरलाई धन्यवाद

काठमाडौं  :  राप्रपा नेपालका अध्यक्ष कमल थापाले हराएको टुकुचा खोला खोजेर साहसिक काम गरेको भन्दै काठमाडौं महानगरपालिकाका मेयर र उपमेयरलाई धन्यवाद दिएका छन् ।

बाल्यावस्थामा बागबजारदेखि पद्मोदय स्कुलसम्म टुकुचामा पौडी खेलेको स्मरण गर्दै उनले मेयर बालेन शाह र उपमेय सुनिता डंगोललाई धन्यवाद दिएका हुन् । हिजोमात्रै महानगरका प्रमुख बालेन शाहसहितको टोलीले टुकुचा खोला फेला पारेको थियो ।

अध्यक्ष थापाले शुक्रवार एक ट्वीट गर्दै उनले भनेका छन्, ‘स्याबास बालेन१ स्याबास सुनिता१ हराएको टुकुचा खोला खोज्ने अर्को राम्रो र साहसिक कामको लागि धन्यवाद १ सानो छँदा बागबजारदेखि पद्मोदय स्कुलसम्म टुकुचामा पौडी खेलेको रमाइलो सम्झना अझै ताजा छ । काठमाडौंका खोलानाला सफा, स्वच्छ र कलकल बग्ने होस्, शुभकामना ।’