२०८२ जेठ ३२ शनिवार

राशिफल

सुनको भाउ आज १ हजार रुपैयाँले घट्यो

काठमाण्डौ  : केही दिनदेखि लगातार घटेको सुनको भाउ आज पनि घटेको छ ।

कारोवार हुने साताको अन्तिम दिन आज तोलामा एक हजार रुपैयाँले घटेर सुनको भाउ ९१ हजार ५ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो भने सुन तोलाको ९२ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले घटेको छ । आज चाँदी तोलाको १ हजार १ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।