काठमाडौं : चिकित्सा शिक्षा सुधारका अभियान्ता डा. गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ ।
धनगढी पुगेर श्रीकृष्ण मन्दिरको धर्मशालाबाट २० औँ सत्याग्रह थाल्नुभएका डा। केसीको स्वास्थ्यमा समस्या देखिएपछि सेती प्रादेशिक अस्पताल भर्ना गरिएको हो । तर उहाँले औषधी लिन नमानेका कारण स्वास्थ्य अवस्था बिग्रिदै गएको छ । अस्पतालले भेटघाटमा समेत रोक लगाएको छ । उहाँका सहयोगी डा। अमृत जैसीले स्वास्थ्य अवस्था झन बिग्रिदै गएको जानकारी दिनुभयो ।
डा. केसीले आफू ३ करोड नेपाली जनताका लागि अनशन बसेकाले स्वास्थ्य अवस्था तलमाथि हुँदैमा फरक नपर्ने भन्दै औषधी लिन नमानेको डा। जैसीले बताउनुभयो । उहाँका सहयोगी डा। जैसीले सरकारी पक्ष आन्तरिक रुपमा अनौपचारिक सम्वादमा रहेको सुनिएपनि औपचारिक रुपमा वार्ताका लागि अहिलेसम्म प्रस्ताव नआएको बताउनुभएको छ ।
डा. केसी यसअघि भएका सम्झौता कार्यान्वयनको माग राखेर २० औँ पटक धनगढीमा आमरण अनसन बस्नुभएको हो ।
तपाइँको प्रतिक्रीया