काठमाडौं : कर्णाली राजमार्गका विभिन्न ठाउँमा पहिरो गएका कारण राजमार्ग अबरुद्ध भएको छ ।
लगातारको वर्षाका कारण राजमार्गका विभिन्न स्थानमा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको हो । कालिकोट खाडाचक्र नगरपालिका–५ मौलाकाटिमा माथिबाट ढुङ्गा र माटोसहितको पहिरो गएको छ ।
जसका कारण राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ । यसैगरी दैलेखको दुल्लु नगरपालिका–३ बोटखोला र चामुण्डा बिन्द्रासैनी नगरपालिका–७ रामाघाटमा पहिरोका कारण राजमार्ग अवरुद्ध भएको छ ।
गुराँस गाउँपालिका–६ जिरो प्वाइन्ट र केराबारीस्थित सडक माथिबाट पहिरो गएका कारण सुर्खेत–दैलेख सडकखण्ड अवरुद्ध भएको थियो । तर सोही ठाउँमा भने प्रहरी टोलीसँग समन्वयन गरी खुलाइसकिएको प्रहरीले जनाएको छ ।
तपाइँको प्रतिक्रीया