२०८२ असार १२ बिहीबार

राशिफल

हात्तीसार क्षेत्रमा टुकुचा खोज्दै महानगर

काठमाडौं : काठमाडौंको हात्तीसारस्थित सिद्धार्थ बैंक पछाडि टुकुचा खोला उत्खनन सुरु भएको छ ।

महानगरपालिकाको डोजर सहितको टोली केहीबेर अघि हात्तीसार पुगेको थियो । उक्त क्षेत्रमा डोजर चलिरहेको छ तर खोला भने भेटिएको छैन ।

टुकुचा खोला अतिक्रमण गरेको भन्दै महानगरले केही दिनदेखि सो क्षेत्रमा डोजर चलाइरहेको छ ।

बिहीबार महानगरले जय नेपाल हलको प्राङ्गणबाटै टुकुचा खोला खोज्न उत्खनन सुरु गरेको थियो । शनिबार कमलादीस्थित लक्ष्मी बैंकको कम्पाउण्डमा पनि महानगरले उत्खनन गरेको थियो ।