२०८२ जेठ ३२ शनिवार

राशिफल

हात्तीसारको अर्को ठाउँमा पनि भेटियो टुकुचा

काठमाडौं : काठमाडौंको हात्तीसारस्थित सिद्धार्थ बैंक पछाडि टुकुचा खोलाको उत्खनन गरिएको छ ।

महानगरपालिकाले डोजर लगाएर सो क्षेत्रमा उत्खनन गर्दा गायब अवस्थमा रहेको टुकुचा खोला भेटिएको महानगरपालिकाले जनाएको छ ।

टुकुचा खोला अतिक्रमण गरेको भन्दै महानगरले केही दिनदेखि हात्तीसार क्षेत्रमा डोजर चलाउँदै आइरहेको छ ।

बिहीबार महानगरले जय नेपाल हलको प्राङ्गणबाटै टुकुचा खोला खोज्न उत्खनन सुरु गरेको थियो । शनिबार कमलादीस्थित लक्ष्मी बैंकको कम्पाउन्डमा पनि महानगरले टुकुचा खोला उत्खनन गरेको थियो ।