२०८२ जेठ २२ बुधबार

राशिफल

बेलायतकी महारानी एलिजाबेथ द्वितीयको आज अन्त्येष्टि गरिँदै

काठमाडौं  :  बेलायतकी महारानी एलिजाबेथ द्वितीयको आज अन्त्येष्टि गरिँदैछ । बिहान ११ बजेदेखि राजकीय अन्त्येष्टि समारोह सुरु हुनेछ ।

अन्त्येष्टि अघि उनको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको छ । महारानी एलिजाबेथको अन्तिम संस्कार विन्ड्सरमा रहेको किङ जोर्ज सिक्स्थ मेमोरिअल च्यापलमा हुने बीबीसीले जनाएको छ । राजकीय अन्तिम संस्कारमा उहाँको परिवारसहित विश्वका शीर्ष नेताहरुसमेत सहभागी भएका छन् ।

बेलायत सरकारले यसअघि नै महारानीको अन्त्येष्टि समारोहमा विभिन्न देशका सरकार तथा राष्ट्रप्रमुखलाई निमन्त्रणा गरेको थियो । विश्वका शीर्ष नेताहरु एकैपटक लण्डनमा भेला भएको यो दशकौँपछिको संयोग पनि हो ।