काठमाडौं : आज सुनको भाउ तोलामा ४०० रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ४०० रुपैयाँले घटेर ९१ हजार ४०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९० हजार ९०० रुपैयाँ निर्धारण भएको छ ।
यता, सोमबार चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले घटेर ११ सय ७५ रुपैयाँ कायम भएको छ ।
तपाइँको प्रतिक्रीया