२०८२ असार १२ बिहीबार

राशिफल

बर्दियामा करेन्ट लागेर दुई जनाको मृत्यु

काठमाडौं  :  करेन्ट लागेर बर्दियाको बेग्लाबेग्लै ठाउँमा दुई जनाको ज्यान गएको छ ।
जिल्लाको गुलरिया नगरपालिका—९ मथुराहरीद्वारकी ९ वर्षीया खुश्वु धोबी घरमा खेल्ने क्रममा फलामको ढोकामा विद्युत्‌को तार सर्ट भई मृत्यु भएको प्रहरी निरीक्षक हृदयेश सापकोटाले बताए ।

सख्त घाइते अवस्थामा उनको जिल्ला अस्पताल, गुलरियामा उपचारको क्रममा मृत्यु भएको प्रहरी निरीक्षक सापकोटाले जनाए ।

यसैगरी बारबर्दिया नगरपालिका—८ दुधाका ३३ वर्षीय सनिराम थारु घरमा मन्दिर बनाउने क्रममा विद्युत्‌को तार चुँडेर करेन्ट लागेर घाइते भएका थिए । उनको शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरी निरीक्षक सापकोटाले जनाए ।