२०८२ जेठ २२ बुधबार

राशिफल

कुवेत टावरमा पहिलो पटक नेपाली झण्डा

काठमाण्डौ : कुवेत सिटीको कुवेत टावरमा पहिलो पटक नेपाली झण्डा फहराएको छ ।

कुवेतमा रहेको नेपाली दूतावासका अनुसार नेपाल र कुवेतबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० औँ वार्षिकोत्सव तथा संविधान दिवसको अवसरमा सोमबार कुवेत टावरमा नेपालको राष्ट्रिय झण्डा विद्युतीय माध्यममार्फत फहराएको हो ।

कुवेत टावरमा विद्युतीय माध्यममार्फत कुवेत र नेपालको राष्ट्रिय झण्डा सँगै प्रस्तुत गरिएको थियो । त्यहाँ रहेको नेपाली दूतावासको पहलमा कुवेतको परराष्ट्र मन्त्रालयको सहयोग र समन्वयमा नेपाली राष्ट्रिय झण्डा पहिलो पटक कुवेत टावरमा प्रस्तुत गर्न सफल भएको दूतावासले जनाएको छ ।

नेपालीहरु कार्यरत देशको टावरमा नेपाली झण्डालाई विद्युतीय माध्यममार्फत प्रस्तुत गर्न पाउँदा कुवेतमा रहेका सबै नेपालीले खुसी र गौरवको अनुभूति गरेको कुवेतमा रहेको नेपाली दूतावासले जनाएको छ ।