२०८२ जेठ ३२ शनिवार

राशिफल

वीरगञ्ज नाकामा १ हजार ७ सय बढी नयाँ गाडी अलपत्र

काठमाडौं : भारतसहित तेस्रो देशबाट नेपाल भित्रिने तयारीमा रहेका एक हजार सात सय वटाभन्दा बढी नयाँ साना–ठूला गाडी वीरगञ्ज नाकामा अलपत्र परेका छन् ।

यसरी वीरगञ्ज नाकामा अलपत्र परेका चारपाङ्ग्रे सवारीमध्ये पाँच सय ७२ वटा जीप, कार तथा भ्यान छन् । यस्तै ठूला सवारी एक हजार एक सय ४६ वटा बस, ट्रक, टिपर र मिनीट्रक रहेका छन् । यी सबै गाडीको मूल्य नेपाली बजारमा न्यूनतम २० लाखदेखि एक करोड रुपैयाँसम्मका रहेका छन् । वीरगञ्जमा रहेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको नेपाल इन्टरमोडल यातायात विकास समिति एकीकृत जाँच चौकी ९आईसीपी० का प्रमुख कमल ज्ञवालीका अनुसार गएको फागुन महिनादेखि एकीकृत जाँच चौकी परिसरमा यी गाडी रोकिएका हुन् ।

बैंक तथा वित्तीय संस्थाले पछिल्लो पटक साना तथा ठूला गाडीमा कर्जा प्रवाहमा कमी ल्याएपछि नयाँ गाडी बिक्रीमा कमीसँगै नेपाल भित्रिने तयारी रहेका साना–ठूला गाडी विभिन्न नाकामा अलपत्र अवस्थामा रहेका छन् ।

पछिल्लो समय नयाँ गाडी बिक्रीमा निकै कमी आएको नेपालमा गाडी बिक्रीरवितरण गर्दै आएको निकाय सिप्रदी ट्रेडिङ प्रालीको वीरगञ्जमा रहेको कार्यालय प्रमुख गोपाल आचार्यले जानकारी दिनुभयो ।

नयाँ गाडीमा बैंक तथा वित्तीय संस्थाले कर्जा प्रवाहमा सहजता नल्याएसम्म नेपाली बजारमा नयाँ गाडीको कारोबार नफस्टाउने निश्चितजस्तै छ । रासस