२०८२ असार ५ बिहीबार

राशिफल

अनशनरत केसी काठमाडौं जान नमानेपछि स्काइ ट्रक काठमाडौं फर्कियो

काठमाडौं : अनशनरत डा. गोविन्द केसीले उपचारका लागि काठमाडौं जान अस्वीकार गरेका छन् ।

स्वास्थ्य सेवा सुधारका माग राखेर ९ दिनदेखि अनशनमा रहेका डा। केसी उपचारका लागि काठमाडौं जान नमानेपछि नेपाली सेनाको स्काई ट्रक खाली फर्किएको छ ।

कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापा तथा सेती प्रादेशीक अस्पतालका चिकित्सकको टोलीले केसीलाई उपचारका लागि काठमाडौं जान आग्रह गरे पनि उनी जान अस्वीकार गरेका थिए ।

जिल्ला प्रशासनले कार्यालय कैलालीका अनुसार आफूलाई जटिल समस्या नभएकाले जबर्जस्ती नगर्न केसीले पटक पटक आग्रह गरेपछि नेपाली सेनाको स्काई ट्रक काठमाडौं फर्केको हो ।

प्रशासनले भन्यो, ‘डा। केसी उपचाररत सेती प्रादेशिक अस्पतालका चिकित्सकले डा।केसीको पेटमा कडा खालको अल्सरको लक्षण देखिएको भनेपछि सेनाको स्काई ट्रकमार्फत काठमाडौं पठाउने तयारी गरिएको थियो।’