२०८२ जेठ ३१ शुक्रबार

राशिफल

वाणिज्य बैंकहरुले निक्षेप र कर्जा लगानीमा वृद्धि

काठमाडौं : तरलता अभावकाबीच वाणिज्य बैंकहरुले निक्षेप संकलन र कर्जा लगानी दुवैमा वृद्धि गरेका छन् ।

एक साताको अवधिमा बैंकहरुको निक्षेप ४१ अर्बले वृद्धि भएको छ । कर्जा दुई अर्बले बढेको छ । नेपाल बैंकर्स संघले उपलब्ध गराएको भदौ २४ देखि ३१ गतेसम्मको तथ्याङ्कमा निक्षेप ४४ खर्ब ४५ अर्बबाट वृृद्धि भई ४४ खर्ब ८६ अर्ब पुगेको छ ।

यस्तै, यसै अवधिमा ४१ खर्ब ८८ अर्ब रहेको कर्जा लगानी दुई अर्बले बृद्धि भइ ४१ खर्ब ९० अर्ब पुगेको जनाइएको हो । एक साताको अवधिमा बैकहरुको निक्षेपमा उच्च वृृद्धि देखिएपनि कर्जा व्याजदर भने निरन्तर बढ्दै गएको छ ‘क’ वर्गका वाणिज्य बैंकहरुले प्रदान गर्ने कर्जाको ब्याजदर नै १८ प्रतिशत हाराहारी पुगेको छ ।

असोज महिनाका लागि बैंकहरुले ब्याजदर वृद्धि गरेसँगै नयाँ ऋण लिन चाहनेहरु हच्किएका छन् भने पुराना ऋणीहरू उच्च ब्याजदरको मारमा परेका छन् ।