कचनकवल गाउँपालिका -३ डाकुपाडा बस्ने ६५ बर्षिय कालोघाटनी राजवंशीलाई सर्पले टोकेर उपचारकै क्रममा मृत्यु भएको छ।
कचनकवल गाउँपालिका उपाध्यक्ष नवराज भट्टराईले दिएको जानकारी अनुसार मृतक राजवंशीलाई आज दिउँसो १ बजे बिषालु सर्पले टोकेको थियोे । उपचारको लागि ३ बजे अस्पतालमा पुर्याएको थियोे ।
राजवंशीको घरमा कोहि नभएको र छरछिमेकि समेत नभएको बेला उनि हिड्दै स्थानीय प्रहरी चौकि पथरिया बजार पुगेकि थिईन , उनको घरबाट प्रहरी चौकिको दुरी ५ सय मिटर दुरिमा रहेको थियो ।
प्रहरीले तत्काल उदार गरी सर्प दम्स केन्द्र बनियानि पुर्याएपनि उनको सरीरभरी बिष फैलिएको कारण उनलाई बचाउन नसकिएको अस्पताल श्रोतले जानकारी दिएको छ ।
तपाइँको प्रतिक्रीया