काठमाडौं : घरेलु टोली भारतविरुद्धको टी–२० सिरिजअन्तर्गत पहिलो खेलमा अस्ट्रेलियाले जित हात पारेको छ । उसले गएराति सम्पन्न खेलमा चार विकेटको जित हात पारेको हो ।
२ सय ९ रनको लक्ष्य अस्ट्रेलियाले चार बल बाँकी छँदा ६ विकेट गुमाएर भेट्टायो । उसका लागि क्यामरोन ग्रीनले ३० बलमा ८ चौका र चार छक्कासहित ६१ रनको अर्धशतकीय पारी खेले ।
टी–२० अन्तर्राष्ट्रियमा यो उनको पहिलो अर्धशतक हो । त्यस्तै, विकेटकिपर म्याथ्यु वेडले अविजित ४५, स्टिभ स्मिथले ३५, कप्तान आरोन फिन्चले २२, टिम डेविडले १८ र जोश इंग्लिसले १७ रन जोडे ।
भारतका अक्षर पटेलले तीन तथा उमेश यादवले दुई विकेट लिए । त्यसअघि मोहालीस्थित पन्जाब क्रिकेट संघको मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएकाले भारतले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २ सय ८ रन बनायो ।
उसका लागि हार्दिक पाण्ड्या र केएल राहुलले अर्धशतकीय पारी खेले । ७१ रनमा अविजित रहेका पाण्ड्याले ३० बलमा सात चौका र पाँच छक्का प्रहार गरे । राहुलले ३५ बलमा चार चौका र तीन छक्का सहित ५५ रन बनाए । सूर्यकुमार यादवले ४६ र कप्तान रोहित शर्माले ११ रन जोडे ।
अस्ट्रेलियाका लागि नाथन एलिसले तीन, जोश हेजलउडले दुई तथा क्यामरोन ग्रीनले एक विकेट हात पारे । यो जितसँगै अस्ट्रेलियाले तीन खेलको सिरिजमा १–० को अग्रता लिएको छ । भारत–पाकिस्तानबीचको दोस्रो खेल शुक्रबार हुनेछ ।
तपाइँको प्रतिक्रीया