२०८२ असार १२ बिहीबार

राशिफल

नेपाल र भारतबीचकाे सहसचिव स्तरीय बैठक सुरु

काठमाडौं : नेपाल र भारत सरकारका सहसचिव स्तरीय बैठक सुरु भएको छ ।

काठमाडौंमा आज बुधबारदेखि दुवै देशका सहसचिवहरुको बैठक २ दिनसम्म जारी हुने भएको हो । बैठकमा पञ्चेश्वर बहुउद्देशीय परियोजना, टनकपुर ब्यारेज अगाडिको हेड रेगुलेटर र लिंक नहरको ओडाल टाई, नेपाल–भारत सीमा टनकपुर–महेन्द्रनगर जोड्ने सडक निर्माण, चाँदनी–दोधारा क्षेत्रमा सिंचाइको पानी छोड्ने , सप्तकोशी उच्च बाँध बहुउद्देश्यीय आयोजना र सुनकोशी भण्डारण सहडाइभर्सन योजनाका बारेमा छलफल हुनेभएको छ ।

त्यस्तै कोशी र गण्डक आयोजनासँग सम्बन्धित मुद्दाहरू, कोशी आयोजना, गण्डक आयोजना, विभिन्न द्विपक्षीय समितिका गतिविधिहरूका बारेमा छलफल हुने भएको छ । नेपालबाट भारत बहने अन्य नदीहरुको डुबान, कटानका समस्या, खाँडो, बाणगंगा र पश्चिम राप्ती नदीहरूमा नयाँ उठाइएका कामहरूको स्थितिका बारेमा पनि छलफल हुने जनाइएको छ ।

सोही बैठकमा नेपालबाट भारततर्फको उडान, महोली बाँधका कारण भएका समस्या, भुजेला गाउँको महाकाली नदीमा कटान र नेपाल–भारत सीमा क्षेत्रका मुद्दाको विषयमा छलफल हुने भएको छ ।