काठमाण्डौ : काठमाण्डौ महानगरपालिकाले सङ्घीय राजधानी सहरलाई कुरुप पार्ने बाह्य विज्ञापन निषेध गरेको छ ।
महानगरपालिकाले आज बुधवार सूचना निकालेर अनुमति नलिइ वा विज्ञापन गर्न अनुमति लिएको अवधि समाप्त भएपछि समेत निरन्तर होर्डिङ बोर्डरडिजिटल बोर्डरअन्य माध्यमसमेतबाट बाह्य विज्ञापन गरिरहेको देखिएको जनाएको छ । यस्ता विज्ञापन आजैदेखि हटाउन महानगरपालिकाले सरोकार भएका सबैसँग आग्रह गरेको छ ।
उच्च अदालत पाटनले गएको भदौ ३० गते दिएको आदेशअनुसार पनि यस्ता विज्ञापनमाथि रोक लगाइएको सूचनामा उल्लेख छ । सूचना उल्लङ्घन गरी बाह्य विज्ञापन जारी राखेमा महानगर प्रहरीले प्रचारप्रसार बन्द गर्ने महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिनुभयो ।
तपाइँको प्रतिक्रीया