काठमाडौं : हात्तीसार क्षेत्रमा टुकुचा खोलामाथि बनेका संरचना नभत्काउन उच्च अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको छ ।
उच्च अदालत पाटनले बुधवार अल्पकालीन अन्तरिम आदेश दिँदै असोज २६ गतेसम्म हात्तीसार क्षेत्रमा टुकुचा खोलामाथि बनेका संरचना नभत्काउन रोक लगाएको हो ।
बुधवार न्यायाधीश किरणकुमार पोखरेलको एकल इजलासले २१ थान मुद्दाको एकै पटक सुनुवाइ गर्दै तत्काल हात्तीसार क्षेत्रका ती संरचनामा कुनै काम क्षति नपुर्याउन आदेश दिएको हो ।
पछिल्लो केही दिनदेखि काठमाडौँ महानगरपालिकाले टुकुचा खोलामाथि निर्माण गरिएका संरचनाहरु भत्काइरहेको छ ।
तपाइँको प्रतिक्रीया