२०८२ असार ११ बुधबार

राशिफल

काठमाण्डाैकाे कपनमा आगलागी

काठमाण्डाै : काठमाण्डौकाे कपनमा आगलागी भएको छ । राममन्दिर नजिकै रहेको दुई तले घरमा आगलागी भइरहेको जिल्ला प्रहरी परिसर काठमाण्डाैका एसपी दिनेशराज मैनालीले जानकारी दिनुभयो ।

आगो निभाउनका लागि काठमाण्डाै, भक्तपुर र ललितपुरको दमकल बोलाइएको उहाँले बताउनुभयो । आगलागीको कारण खुलेको छैन । थप जानकारी आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।