२०८२ असार ११ बुधबार

राशिफल

दैलेखमा खोलाले बगाएर २ जनाको ज्यान गयो

काठमाडौं : खोला तर्ने क्रममा बगेर दैलेखमा दुई जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा भैरवी गाउँपालिका २ का ४३ वर्षीय वीरबहादुर थापा र महाबु गाउँपालिका ३ का ४६ वर्षीय कृष्णबहादुर बुढा रहेका जिल्ला प्रहरी कार्यालय दैलेखका इन्चार्ज एवम् प्रहरी नायब उपरीक्षक ९डीएसपी० भुवनेश्वरप्रसाद साहले जानकारी दिनुभयो ।

बुधवार दिउँसो भैरवी गाउँपालिका २ मा छामघाट खोला तर्ने क्रममा दुवै जनालाई बगाएको थियो । दुवै जनाको शव भैरवी गाउँपालिका १ खोली बजार नजिकै छामघाट खोलाको झोलुङ्गे पुल नजिकै देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । दुवै जनाको शव पोस्टमार्टमका लागि दैलेख जिल्ला अस्पताल लगिएको डीएसपी शाहले जानकारी दिनुभयो ।

मृतक थापा र बुढा नाताले सम्धी हुनुहुन्छ । वीरबहादुरले सम्धी कृष्णबहादुरलाई घर पठाउन खोला तराउने क्रममा दुवै जनालाई बगाएको प्रहरीले जनाएको छ ।