२०८२ असार ११ बुधबार

राशिफल

कागेश्वरीमा युवक झुण्डिएको अवस्थामा मृत फेला

काठमाडौं  : कागेश्वरी मनहरा नगरपालिका ५ मा एक युवक झुण्डिएको अवस्थामा मृत फेला परेका छन्। आज बिहान थलिस्थित बाटिकामा करिब २४ वर्षका एक युवक रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेको महानगरीय प्रहरी प्रभाग सिनामंगल थलीले जनाएको छ।

प्रहरीका अनुसार बिहान पानी लिन जाँदा स्थानीयले युवकलाई झुण्डिएको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए। उक्त जानकारी पाएलगत्तै प्रहरी घटनास्थलमा पुगेको हो।

प्रहरीले घटनास्थलमा मुचुल्का उठाउन लागिरहेको र युवकको पहिचान हुन बाँकी रहेको जनाएको छ। घटनास्थलमा उनको मोबाइल र चस्मासमेत फेला परेको प्रहरीले जानकारी दिए ।