२०८२ असार ११ बुधबार

राशिफल

सामाजिक सेवाको माध्यमबाट समाजमा ठूलो रुपान्तरण ल्याउन सकिने प्रधानमन्त्री देउवा

काठमाण्डौ  : प्रधानमन्त्री शेरबहादुर देउवाले सामाजिक सेवाको माध्यमबाट समाजमा ठूलो रुपान्तरण ल्याउन सकिने बताएको छ ।

समाज कल्याण परिषद्ले ४३औँ सामाजिक सेवा दिवसको अवसरमा काठमाण्डौमा गरेको कार्यक्रममा उनले नेपाल जस्तो विकासोन्मुख देशमा सामाजिक सेवाको माध्यमबाट नै ठूलो रुपान्तरण ल्याउन सकिने बताउनुभएको हो ।

सेवाको माध्यमबाट समाजमा पछि परेका समुदायलाई विकासको मूल प्रवाहमा ल्याउने तथा उनीहरुको सामाजिक, आर्थिक सशक्तिकरणमा महत्त्वपूर्ण योगदान गर्न सकिने उनको भनाइ छ । उनले गैर–सरकारी सङ्घसंस्थालाई उत्तरदायी, पारदर्शी र परिणाममुखी बनाउँदै राष्ट्रिय आवश्यकता र प्राथमिकताका क्षेत्रमा संलग्न गराउने गरी देशको नीति तथा कार्यक्रमहरु तर्जुमा गर्न आवश्यक रहेको बताए ।