२०८२ असार ११ बुधबार

राशिफल

वीर अस्पताल क्षेत्रका अनधिकृत संरचनामाथि महानगरले चलायो डोजर

काठमाडौं : काठमाडौं महानगरपालिकाले वीर अस्पताल क्षेत्र वरपर बनेका अनधिकृत संरचना हटाउन सुरु गरेको छ ।

अस्पतालको भवनदेखि उत्तर तर्फ रहेका अनधिकृत संरचना डोजर लगाएर हटाउन सुरु गरिएको महानगरले जनाएको छ ।

डोजर चलाउनु अघि सो क्षेत्रमा रहेका टहराहरु हटाउन महानगरले सूचना जारी गरेको थियो । तर अटेर गरेर सो क्षेत्रमा औषधि लगायतका पसलहरु सञ्चालनमा रहेपछि बाध्य भएर डोजर लगाएर हटाउनु परेको महानगरको भनाइ छ ।

भिडियो : https://fb.watch/fHTfDms_FS/