२०८२ असार ११ बुधबार

राशिफल

बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

काठमाडौं : बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा भक्तपुर नगरपालिका १ दुधपाटीकी ७२ वर्षीय दिलमाया श्रेष्ठ रहेकी छन् ।
बिहीबार बिहान सल्लाघारीबाट जगातीतर्फ जाँदै गरेको बा १ प १५५१ नम्बरको पर्यटक बोक्ने बसले ठक्कर दिँदा उनको मृत्यु भएको हो ।

बसको ठक्करबाट सख्त घाइते श्रेष्ठको उपचारको क्रममा ईवामुरा अस्पताल सल्लाघारीमा मृत्यु भएको भक्तपुर प्रहरी प्रवक्ता डीएसपी राजु पाण्डेले जानकारी दिए ।

बस चालक सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका १ घर भई काठमाडौं बालाजु बस्ने २९ वर्षीय बिनोद कार्कीलाई नियन्त्रणमा लिई प्रहरी वृत्त जगातीमा राखिएको प्रहरीले जनाएको छ ।