२०८२ असार ११ बुधबार

राशिफल

चार तलाबाट खसेर महिलाको मृत्यु

घरको चार तला माथि बरण्डामा रोपिएको करेला टिप्न जाँदा एक महिलाको मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय अनारमनीका अनुसार बिर्तामोड नगरपालिका – ५ निवासी ६२ वर्षीया मधु शर्मा आचार्यको चार तला माथिबाट खसेर मृत्यु भएको हो ।

प्रहरी नायब उपरीक्षक बहादुर कुँवरका अनुसार घरको चार तला माथि बरण्डामा रोपिएको करेला टिप्ने क्रममा खसेर उनको मृत्यु भएको हो ।

बरण्डाबाट झरे लगत्तै बिर्तामोडस्थित पूर्ण टुङ्ग बिर्तासिटी अस्पताल पुर्‍याइए लगत्तै चिकित्सकले मृत घाेषणा गरेका थिए ।