काठमाण्डाै : नाडा ईभी (इलेक्ट्रोनिक भेइकल) एक्स्पो आज बिहीवारदेखि भृकुटीमण्डपमा सुरु भएको छ । अर्थमन्त्री जनार्दन शर्माले पहिलो नाडा ईभी एक्स्पोको शुभारम्भ गर्नुभयाे ।
चार दिनसम्म चल्ने यो प्रदर्शनीमा पहिलो पटक बिजुलीका गाडीमात्रै प्रदर्शनमा राखिएको छ । एक्स्पोमा ५१ वटा स्टल रहेको नाडा ईभी एक्स्पोका सभापति अनुप बरालले जानकारी दिनुभएकाे । उहाँका अनुसार एक्स्पोमा नाै वटा चार पाङ्ग्रे र एक वटा तीन पाङ्ग्रे गाडी रहेका छन् । यस्तै दुई पाङ्ग्रे गाडीका १६ वटा स्टल रहेका छन् ।
तपाइँको प्रतिक्रीया