काठमाडौं : गोरखाको अजिरकोट गाउँपालिका वडा नम्बर २ को ओलाङमा ट्र्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
गएराति ११ बजेतिर ग १ त ४५७४ नम्बरको ट्र्रयाक्टर पल्टिँदा सिरानचोक गाउँपालिका छोप्राक घर भएका २७ वर्षका चालक विक्रम श्रेष्ठको ज्यान गएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।
सुपर चेपे हाइड्रोपावरको सिमेन्ट बोकेर आयोजनास्थलतर्फ जाँदै गर्दा दुर्घटना भएको जिल्ला ट्राफिक प्रमुख वेदनाथ भण्डारीले जानकारी दिए ।
तपाइँको प्रतिक्रीया