२०८२ असार ११ बुधबार

राशिफल

बासगढीमा दुई बालक मृत अवस्थामा फेला

काठमाडौं  : बासगढी नगरपालिका ९ माछागढका दुई बालक मृत अवस्थामा फेला परेका छन् ।

शव ग्यांग खोलामा आज बिहान मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । अबेरसम्म घर नआएपछि राति १० बजे पीडित परिवारले प्रहरीलाई खबर गरेका थिए ।जिल्ला प्रहरी कार्यालय, बर्दियाका प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर शाहीले बिहान खोजी गर्ने क्रममा ग्यांग खोलामा ९ वर्षीय विकल्प विक र ७ वर्षीया रोशन खत्रीको शव फेला परेको बताए ।

उनीहरू खोलामा नुहाउने क्रममा डुबेको हुन सक्ने प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरी उपरीक्षक शाहीले बताए ।