२०८२ जेठ २५ शनिवार

राशिफल

आई-लिग क्लब पञ्जाबद्वारा किरणलाई अनुबन्धन गरिएको पुष्टि

काठमाडौँ : भारतको आई लिग क्लब राउन्डग्लास पञ्जाब एफसीले नेपाली राष्ट्रिय फुटबल टिमका गोलरक्षक किरण चेम्जोङलाई अनुबन्धन गरेको आधिकारिक रूपमा जानकारी गराएको छ ।

पञ्जाबले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत किरणलाई अनुबन्ध गरिएको जानकारी गराएको हो । नयाँ सिजनको आई लिगका लागि पञ्जाबले किरणलाई भित्र्याएको हो ।

यसअघि गत सिजन उनले माल्दिभ्सको माजिया स्पोर्ट्स एण्ड रिक्रिएसमबाट खेलेका थिए ।

किरणले यसअघि सन् २०१९-२० को सिजनमा पन्जाबबाट आई लिग खेलेका थिए । उक्त सिजन किरण आईलिगमा उत्कृष्ट गोलकिपर घोषित भएका थिए ।