काठमाडौं : यो साता सुनको मूल्य तोलामा १ हजार ३०० रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत साताको शुक्रबारको तुलनामा तोलामा उक्त मूल्य बढेको हो । गत साताको शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ५०० र तेजाबी सुनको मूल्य ९१ हजार रुपैयाँ थियो ।
जुन, यो शुक्रबारसम्म तोलामा १ हजार ३०० रुपैयाँले बढेर ९२ हजार ८०० रुपैयाँ पुगेको छ । यस्तै, तेजाबी सुनको मूल्य ९२ हजार ३०० रुपैयाँ छ ।
तपाइँको प्रतिक्रीया