२०८२ जेठ ३० बिहीबार

राशिफल

आजदेखि चितवनमा पनि ‘पठाओ’

काठमाण्डौ : राइड सेयरिङ प्लेटफर्म पठाओ नेपालको व्यावसायिक यात्राले ४ वर्ष पूरा गरेको छ । योसँगै पठाओले चितवनमा पनि आजदेखि आफ्नो सेवा सञ्चालन गरेको छ ।

काठमाण्डौ उपत्यकामा लोकप्रिय बनेको पठाओले आजदेखि चितवनमा अटो र बाइकमा सेवा सुरु गरेको जनाएको छ । चितवनमा पठाओमा आवद्ध हुन चाहने राइडरले आफ्नो बाइक तथा अटोको ब्लु बुक र सवारी चालक अनुमतिपत्रसहित भरतपुरको कान्ति चोकमा रहेको पठाओको शाखा कार्यालयमा सम्पर्क गर्न सक्नेछन् ।

पठाओले २५ सेप्टेम्बर २०१८ देखि बाइकमा राइड सेयरिङमार्फत सेवा सुरू गरेको थियो । आफ्नो सेवा विस्तार गर्दै पठाओले ९ अगस्ट २०१९ मा कार लाइट अर्थात् ट्याक्सी सेवा पनि जोडेको थियो । कार लाइट सुरु गरेपछि क्याप्टेन ९ट्याक्सी चालक०हरूको अतिरिक्त आम्दानीमा टेवा दिँदै ट्याक्सीको सेवालाई बार्गेनिङको झन्झट हटाउँदै गेटदेखि गेटसम्म पुगेको पठाओको दाबी छ ।

अहिले काठमाण्डौ उपत्यकाका पचास प्रतिशतभन्दा बढी ट्याक्सी चालक प्रविधिमैत्री हुँदै पठाओमा आबद्ध भएको प्रवन्ध निर्देशक असिममान सिंह बस्न्यातको भनाइ छ । राइड सेयरिङ सुरू गरेको २ वर्षपछि २५ सेप्टेम्बर २०२० मा पठाओले होटल, रेस्टुरेन्ट तथा क्याफेका खाना डेलिभरी गराउँदै पठाओ फुड पनि सुरू गरेको थियो । राइडर र सेवाग्राहीको सुरक्षालाई मध्यनजर गर्दै पठाओले राइड सेयरिङमा नेपालमै पहिलोपटक हिमालयन एभरेस्ट इन्स्योरेन्ससँगको सहकार्यमा बीमाको सुरूसमेत गरेको छ ।