२०८२ असार ४ बुधबार

राशिफल

डेंगी रोकथाम तथा नियन्त्रणमा सरकारको ध्यान जानुपर्छ : नेता  सिंह

काठमाडौं : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले डेंगीले महामारीकै रूप लिने देखिएकोले सरकारले रोकथाम तथा नियन्त्रण गर्नुपर्ने बताएका छन्।

उनले डेंगी नियन्त्रणमा सरकारले प्रभावकारी कदम चाल्नुपर्ने पनि बताए।

काठमाडौंमा आज रत्नराज्य विद्यालयको विज्ञान प्रयोगशाला हस्तान्तरण कार्यक्रममा बोल्दै उनले जनस्तरमा अनुभूत हुने गरी सरकारले काम गर्नुपर्ने बताए।