काठमाडौं : अमेरिकी डलरको भाउ निरन्तर बढ्ने क्रममा रहेको छ। आज डलर हालसम्मकै महँगो भएको छ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आइतबार नेपालीले एक डलर साट्नको लागि १२९ रुपैयाँ ८९ पैसा खर्चिनु पर्ने हुन्छ।
यस्तै, आज खरिददर पनि १२९ रुपैयाँ २९ पैसा कायम भएको छ।युरोपियन युरो एकको खरिदमा भने १२६ रुपैयाँ २० पैसा र बिक्रीमा १२७ रुपैयाँ ७९ पैसा पाइन्छ।
बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १४३ रुपैयाँ ६५ पैसा र बिक्रीदर १४४ रुपैयाँ ३१ पैसा तोकिएको छ।
त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८५ रुपैयाँ १० पैसा र बिक्रीमा ८५ रुपैयाँ ४९ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९५ रुपैयाँ ६४ पैसा र बिक्रीमा ९६ रुपैयाँ ८ पैसा पाइन्छ।
यस्तै, कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ३८ पैसा र बिक्रीमा ३५ रुपैयाँ ५५ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३४ रुपैयाँ ३९ पैसा र बिक्रीदर ३४ रुपैयाँ ५५ पैसा तोकेको छ।
युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ २० पैसा र बिक्रीमा ३५ रुपैयाँ ३६ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा आइतबार २८ रुपैयाँ २४ पैसा र बिक्रीमा २८ रुपैयाँ ३७ पैसा पाइन्छ।
आज कुवेती दिनार एकको खरिदमा ४१७ रुपैयाँ १९ पैसा र बिक्रीमा ४१९ रुपैयाँ १२ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३४२ रुपैयाँ ९२ पैसा र बिक्रीदर ३४४ रुपैयाँ ५१ पैसा तोकिएको छ।
तपाइँको प्रतिक्रीया