काठमाडौँ : माल्दिभ्समा आजबाट औपचारिक रुपमा सुरु हुने साबा महिला बास्केटबल च्याम्पियनसीपमा नेपालले पहिलो खेल खेल्दैछ । नेपालले पहिलो खेल घरेलु टोली माल्दिभ्सविरुद्ध खेल्ने भएको हो ।
नेपाल र माल्दिभ्सबीचको उद्घाटन खेल मालेस्थित सोसल सेन्टरमा नेपाली समय अनुसार राति ९:१५ बजेबाट सुरु हुनेछ ।
च्याम्पिनसीप अन्तर्गत नेपालले दोस्रो खेल सेप्टेम्बर २७ मा बंगलादेश तथा तेस्रो खेल सेप्टेम्बर २८ मा भुटानविरुद्ध खेल्ने तालिका रहेको छ ।
तपाइँको प्रतिक्रीया