२०८२ असार ४ बुधबार

राशिफल

सभामुख र उपसभामुखको पदावधि खुलाउन निर्वाचन आयोगलाई राष्ट्रियसभा अध्यक्षको पत्र

काठमाडौं : राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सनाले सभामुख र उपसभामुखको पदावधि खुलाउन निर्वाचन आयोगलाई पत्र लेखेको खुलेको छ ।

निर्वाचन आयोगले आगामी ४ मंसिरका लागि तय भएको प्रतिनिधिसभा र प्रदेश सभाको समानुपातिक तर्फको बन्दसूची दलहरुसँग लिइसकेको छ ।

समानुपातिक तर्फको बन्द सूची २ असोजमा दलहरुले निर्वाचन आयोगमा बुझाएसँगै प्रतिनिधिसभा सदस्य र प्रदेश सभा सदस्यको कार्यकाल सकिएको निर्वाचन आयोगले यसअघि नै ब्याख्या गरिसकेको छ । तर, सभामुख र उपसभामुखले प्रत्यक्षतर्फको उम्मेदवारी दर्तासम्म आफूहरुको कार्यकाल रहेको बताउँदै आएका छन् ।

यही बेला राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सनाले सभामुख र उपसभामुखको पदावधि खुलाउन निर्वाचन आयोगलाई पत्र लेखेका हुन् ।

‘…प्रतिनिधि सभाका पदाधिकारी तथा सदस्यहरूको कार्यावधि कहिलेसम्म रहने हो खुलाई पठाइदिनु हुन निर्देशानुसार अनुरोध छ’ राष्ट्रिय सभाका अध्यक्ष तिमल्सिनाको उपसचिव सुशीला आचार्यले निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्तलाई सम्बोधन गर्दै लेखेको पत्रमा उल्लेख छ ।

हेर्नुहोस् पत्र :