काठमाडौं : नेपाल एयरलाइन्सले अन्तर्राष्ट्रिय उडानका टिकट अब अनलाइनबाटै लिन सकिने बताएको छ ।
जसको लागि आजदेखि एयरलाइन्सले अनलाइन टिकट बुकिङ सेवा सुरु गरेको एयरलाइन्सकी प्रवक्ता अर्चना खड्काले जानकारी दिनुभयो ।
उहाँका अनुसार सोमबारदेखि सबै अन्तर्राष्ट्रिय उडानमा ‘अनलाइन बुकिङ इन्जिन’मार्फत टिकट बुकिङ सुरु गरेको हो ।
उहाँले भन्नुभयो,नेपाल एयरलाइन्सको वेवसाइटबाट विश्वको जुनसुकै कुनाबाट नेपाल एयरलाइन्सको टिकट बुकिङ गर्न सकिने छ।’
नेपाल वायुसेवा निगमले अहिले नयाँ दिल्ली, मुम्बई, बैङ्लौर, दुबई, दोहा, हङकङ, क्वालालाम्पुर, नारिता र रियादमा उडान गरिरहेको छ ।
तपाइँको प्रतिक्रीया