२०८२ जेठ २९ बुधबार

राशिफल

बंगलादेशविरुद्ध किरणले नेपालको कप्तानी गर्ने

काठमाडौं : किरण कुमार लिम्बुले बंगलादेशविरुद्ध मैत्रीपूर्ण खेलमा कप्तानी गर्ने भएका छन् ।

नेपाल र बंगलादेशबीच मंगलबार दशरथ रंगशालामा मैत्रीपूर्ण खेल हुँदैछ ।

सोमबार भएको प्रि-म्याच कन्फ्रेन्समा कार्यवाहक प्रशिक्षक प्रदीप हुमागाईँसँगै कप्तान किरण उपस्थित भएका थिए ।

गत जेठमा कुवेतमा भएको एएफसी कप छनोटमा किरण टिममा थिएनन् ।

अब्दुल्लाह अल्मुताईरीसँग खेलाडीको विवाद भएपछि त्यसमा खेलाडीको समर्थन गर्दा किरण टिममा परेका थिएनन् ।

हुमागाईँ कार्यवाहक बनेपछि किरण टिममा फर्कँदै कप्तानीमा पुनरागमन गरेका हुन् ।