२०८२ जेठ २९ बुधबार

राशिफल

२००औं टी२० अन्तर्राष्ट्रिय म्याच खेल्ने पहिलो टिम पाकिस्तान

काठमाडौँ : पाकिस्तान टी२० अन्तर्राष्ट्रिय क्रिकेटमा २०० औं खेल खेल्ने विश्वकै पहिलो टिम बनेको छ ।

आइतबार राति कराचीस्थित नेशनल स्टेडियममा इंग्ल्याण्डविरुद्ध खेल्दै पाकिस्तानले २०० खेलको कोसेढुंगा पूरा गरेको हो ।

संयोगवस पाकिस्तानको पहिलो खेल पनि इंग्ल्याण्ड विरुद्ध नै थियो । पाकिस्तानले सन् २००६ मा इन्जमान उल हकको कप्तानीमा इंग्लयाण्डविरुद्ध ब्रिस्टोलमा खेलेको थियो ।

इंग्लयाण्ड विरुद्ध चौथो टी२० आई मा ३ रनको रोमाञ्चक जित निकाल्दै पाकिस्तानले २००औं खेललाई यादगार समेत बनायो ।

 

पाकिस्तानले २००औं टी२० अन्तर्राष्ट्रिय मध्ये १२२ खेल जितेको छ । यस्तै ७० खेलमा पराजित हुँदा पाँच खेल नजिता विहीन र तीन खेल टाई भएका थिए ।

पाकिस्तानले डेढ दशक टी२० खेल खेल्दा सन् २००९ मा टी२० विश्वकप जितेको थियो ।

पाकिस्तानपछि भारतले १८२ टी२० अन्तर्राष्ट्रिय खेल खेलेको छ ।

यस्तै वेष्ट इन्डिजले १७१, न्युजिल्याण्डले १७०, अष्ट्रेलिया र श्रीलंकाले समान १६५, , इंग्ल्यान्डले १५८, दक्षिण अफ्रिकाले १५७, बंगलादेश र आयरल्याण्डले समान १३४, जिम्बावेले ११२ र अफगानिस्तानले १०४ खेल खेलेका छन् ।