२०८२ असार ५ बिहीबार

राशिफल

लामो दुरीका सवारी चालकलाई ट्राफिक प्रहरीको फूलमाला

काठमाडौं : चाडपर्वलाई लक्षित गरेर लामो दुरीमा चल्ने सवारी साधनका चालकलाई काठमाडौंको बसपार्कबाट फूलमाला लगाएर सुरक्षित यात्राको कामना गरिएको छ । उपत्यका ट्राफिक प्रहरी कार्यालयका डिएसपी सन्तोष रोकाले सोमबार चालकलाई फूलमाला लगाएर सुरक्षित यात्राको कामना सहित बिदाई गरेका हुन् ।

चाडपर्वमा हुने सम्भावित दुर्घटना रोक्न ट्राफिक प्रहरी, यातायात व्यवसायी र सामुदायिक सेवा केन्द्र बसपार्कका पदाधिकारीले चालकलाई सचेत भएर सवारी चलाउन आग्रह गरेका छन् । दुर्घटना न्युनिकरण र कालाबजारी नियन्त्रणमा सहयोग पुगोस् भनेर सुरक्षित यात्राको कामनासहित चालकलाई फूलमाला प्रदान गरिएको डीएसपी रोकाले रातोपाटीलाई बताए ।

दशैं, तिहार लगायतका पर्वहरू मनाउनका काठमाडौं उपत्यकाबाट बाहिरिने सवारी साधन र यात्रुको चाप बढ्दैछ । त्यस्तोमा थप सचेत भएर सवारी साधन चलाउन सो अभियान सञ्चालन गरिएको बताइएको छ ।

यो पनि पढ्नुहोस

दशैँमा चल्ने सवारीको भएन यान्त्रिक परीक्षण